Skip to content
LAXMI SUNRISE BANK

‘हामीले नेतृत्वमा गर्न पायौँ भने रामेछापको कायापलट हुन्छ’

अर्थ सरोकार

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेतृत्वको मौका पाए रामेछापको कायापलट गर्ने बताएका छन् । मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले आफू र आफू नेतृत्वको पार्टीले मुलुकको नेतृत्व गर्ने मौका पाए रामेछापको कायापलट गर्ने बताएका छन् ।

‘…रामेछापबाट देशको नेतृत्वमा पुग्न सफल भयौँ भने रामेछापको कायापलट हुनेछ ।’, उनले भने, ‘रामेछापको टुरिजम, रामेछापको कृषि, रामेछापको इन्फ्रास्टक्चर, रोड, सिँचाइ लगायत सम्पूर्ण क्षेत्रमा हामी कायापलट गर्नेछौँ ।’

त्यस्तै, उनले आफूहरुले नेपाललाई उर्जा क्षेत्रमा आत्मनिर्भर बनाएको दाबी गर्दै अन्य क्षेत्रमा पनि देशलाई आत्मनिर्भर बनाउन आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । उनले यही कारण उज्यालो नेपाल पार्टीलाई मतदान गर्न पनि आग्रह गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK