काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको २८औँ वार्षिक साधारण सभा पुस २४ गते बिहीबार नक्शाल, काठमाडौँमा सम्पन्न भएको हो ।
उक्त साधारणसभाले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
त्यसैगरी, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीआ आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
सभामा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने जानकारी गराईएको थियो ।
यसैगरी, जेनजी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अरब ४४ करोडको दावी परेको छ भने असोज १८ गते देखिको अविरल वर्षा, बाढी पहिरोबाट करिब ४ अरब बराबरको दावी परेको छ । यद्यपी, सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा सेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुँदै जाने अपेक्षा गर्दै दीर्घकालिन रुपमा व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने बताईएको थियो ।
सभामा अध्यक्ष हेमराज ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको वर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिँदै आएको बताए । त्यस्तै, चालु आर्थिक वर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि सभालाई जानकारी गराए ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २८औँ वार्षिक साधारणसभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वगात गर्दै कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिती सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरु पानीपोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने जानकारी गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्