काठमाडौँ । एक वर्षमा १३ लाख बढी नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् २०२५ मा १३ लाख १३ हजार ९ सय ९१ जना नेपाली स्वदेश फर्किएका हुन् ।
यता सोही अवधिमा नेपालबाट १५ लाख २३ हजार नेपाली विदेशिएका छन् ।
नेपालबाट विदेशिनेहरुमा अधिकांश रोजगारी र उच्च शिक्षा अध्ययनका लागि विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
त्यस्तै, सोही अवधिमा विभिन्न मुलुकबाट १० लाख १५ हजार ३ सय ७८ जना विदेशी नागरिकहरू नेपाल भित्रिएका छन् । नेपाल आएका अधिकांश विदेशीहरु घुमफिरका लागि आएका छन् । केही भने रोजगारी र अध्ययनका लागि आएको विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्