काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो बुटवल क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो ।
यस अन्तर्गत भैरहवा शाखामार्फत लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखा मार्फत शान्ति नमुना माध्यमिक विद्यालयलाई जाडोयाम लक्षित न्यानो कपडा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका अवसरमा बुटवल क्षेत्र प्रमुख आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ आश्रममा रहेका दृष्टिविहीन व्यक्तिहरूका लागि बेड तथा आर्थिक रूपमा कमजोर र दृष्टिविहीन बालबालिकाहरू अध्ययनरत विद्यालयमा न्यानो कपडा वितरणमा बैंक सहभागी हुन पाएकोमा अत्यन्तै खुशी व्यक्त गरे ।
सहयोग प्राप्त संस्थाहरूले बैंकद्वारा गरिएको उक्त मानवीय पहलप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्