काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेत मार्फत बिरेन्द्रनगर नगरपालिका-०९, पर्सेनी स्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको हो ।
बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले श्री कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
बैंकका सुर्खेत शाखा प्रमुख आचार्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम श्री कोपिला माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसरी जाडोयाममा कुर्सी तथा न्यानो कपडा वितरण भएकोमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने विश्वास प्रधानाध्यापक उपाध्यायले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री कोपिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्