Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोक मार्फत ब्रेथ अफ लाइफ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभुत आवश्यकता, शिक्षा र उज्जवल भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

साथै, यस सहयोगप्रति आभार व्यक्त गर्दै आश्रममा रहेको गरिब तथा विपन्न बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । उक्त कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले आश्रममा वितरण गरिएको खाद्यान्न तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा उप-मेयर नितु थापा कोइराला, वडा अध्यक्ष योेगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरु, बाल आश्रमका सहभागी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK