काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय इट्टाभट्टा मार्फत मेचीनगर नगरपालिका ०८, झापा, सृजनाचोक स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई मेचीनगर नगरपालिका ०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितीमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।
बैंकको यस सहयोगबाट उक्त स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने तर विशेषगरी गरिब तथा असाहय सेवाग्राहीहरुका लागि यो सुविधाले सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि दिए ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्