Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी सनराइज बैंकको खुद नाफा ऋणात्मक, कति छ ईपीएस ?

अर्थ सरोकार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १८.१५ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट बढेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

इम्मेयरमेन्ट चार्ज बढ्दा बैंकको सञ्चालन मुनाफा १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक भएको छ । यही कारण बैंकको नाफामा दबाब परेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ४ पैसा ऋणात्मक छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा छ । २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK