काठमाडौँ । रुपन्देहीमा २०७५ सालदेखि संचालन भईरहेको लुम्बिनी प्यालेस रिसोर्टले लुम्बिनी म्यारिएट रिसोर्ट एण्ड स्पाको ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ । बिगत ३ बर्षदेखि नाफामा चलिहेको यस कम्पनीले म्यारियट ब्राण्डमा आफ्नो स्तरउन्नति गर्ने भएको हो । योसँगै म्यारिएट इन्टरनेशनलको ब्राण्ड काठमाडौँबाहिरसमेत उपस्थित हुने भएको छ ।
होटल संचालनका लागि रिसोर्ट र म्यारिएटबीच सम्झौतासमेत भईसकेको छ । कम्पनीका तर्फबाट अध्यक्ष दीपक पाण्डे, प्रबन्ध संचालक रोशन कुमार न्यौपाने लगायत अन्य संचालकहरु र म्यारिएटका तर्फबाट
एशिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन निरज गोभिल लगायतको उपस्थितिमा सम्झौता भएको हो ।
रिसोर्टका अध्यक्ष पाण्डेका अनुसार रिसोर्टले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । उनका अनुसार होटलले लुम्बिनीमा पर्यटन बिकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
सो होटल अन्तराष्ट्रिय स्तरका सभा सम्मेलन, विवाह लगायतका शुभ कार्य लगायत गर्न उत्कृष्ट गन्तब्य बनाउने विश्वास पनि कम्पनीले लिएको छ । अध्यक्ष पाण्डेका अनुसार अन्तराष्ट्रिय अनुभव बटुलेका विज्ञहरुलाई नियुक्त गरेर होटलको काम अघि बढाइएको छ ।
कम्पनीले छिट्टै आइपीओ निष्कासन गर्न लागेकोसमेत अध्यक्ष पाण्डेको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्