Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे क्यापिटलको छैठौँ वार्षिकोत्सव: दुई विद्यालयमा सहयोग तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो छैठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माघ ६ गते लायन्स क्लब अफ काठमाडौं नमस्तेसँगको सहकार्यमा तादी गाउँपालिका-५, अत्मारा, नुवाकोटस्थित श्री हेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।

त्यसैगरी, माघ ०७ गते बुढानीलकण्ठ नगरपालिका-४, पासीकोट, काठमाडौंस्थित श्री श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरेको छ । साथै दुवै विद्यालयहरुमा विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूका लागि वित्तीय साक्षरता/सचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ ।

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको उक्त सहयोगले विद्यार्थीहरूको पठन-पाठनमा सहजता ल्याउनुका साथै उनीहरूको दैनिक आवश्यकताको परिपूर्तिमा महत्वपूर्ण टेवा पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, कम्प्युटर वितरण कार्यक्रमले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सिप तथा व्यवहारिक क्षमता विकासमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK