Skip to content
LAXMI SUNRISE BANK

कुक आइल्याण्ड पठाउने भन्दै १२ लाख ४० हजार ठग्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुक आइल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । बेरोजगार युवा युवतीलाई रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गर्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । श्रेष्ठको स्थायी ठेगाना रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं. १ हो भने उनी हाल काठमाडौँ जिल्ला कगेश्वरी मनोहरा नगरपालिका वडा नं.  ९ मा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनले कुक आइल्याण्ड पठाउने भन्दै १ जनाबाट १२ लाख ४० हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए । उनलाई पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

हाल श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK