Skip to content
LAXMI SUNRISE BANK

मेन्छियाम हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १ : १ अनुपातमा ५४ लाख २५ हजार ८ सय ३३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल र मेन्छियाम हाइड्रोपावर लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा मेन्छियाम हाइड्रोपावरको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धन राज सुवेदी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरेको छ ।

उक्त निष्काशन तथा बिक्री प्रबन्ध सेवा मार्फत हाल सम्म रु.१८ अर्व ९४ करोड भन्दा बढी सेयर पूँजी रकम संकलन गर्न सफल भएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयरको निष्काशन तथा बिक्री प्रबन्ध गरी करिव रु.२ अर्ब रकम संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

साथै हाल क्यापिटलले २ वटा कम्पनीको प्राथमिक सेयर तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK