काठमाडौँ । एक वर्षमा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२५ मा मात्र १० लाख १५ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् २०२५ मा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०२५ को अन्त्यसम्म ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्किएका छन् ।
नेपाल आएका अधिकांश विदेशी पर्यटकको उद्देश्य घुमफिर रहेको विभागले जनाएको छ । तर, केही भने नेपालमा श्रम भिसा र अध्ययन भिसामा पनि आउने गरेको विभागले जनाएको छ ।
यता सोही अवधिमा नेपालबाट १५ लाख बढी नेपाली अध्ययन र रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांक अनुसार स्न २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका छन् । सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्