काठमाडौँ । साउदी अरेबियाले १० हजार भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरेको छ । साउदीले सन् २०२६ जनवरीको पहिलो हप्तामै १० हजार भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरेको हो ।
अवैध रुपमा बसोबास गर्दै आएका, श्रम कानून र सीमा कानून उल्लंघन गरेकाहरुलाई देश निकाला गरेको साउदी अरेबियाले जनाएको छ ।
साउदीको गृह मन्त्रालयका अनुसार यस अवधिमा मात्र १८ हजार ८ सय ३६ जना पक्राउ परेका छन् । उनीहरुलाई सुरक्षा बल र सरकारी एजेन्सीहरु सम्मिलित अभियानमा पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।
पक्राउ परेकामध्ये ११ हजार ७ सय १० जनाले आवास कानून उल्लंघन गरेको र ४ हजार २ सय ३९ जनाले सीमा कानून उल्लंघन गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पक्राउ परेका २ हजार ८ सय ८७ जनाले श्रम कानून उल्लंघन गरेका थिए । ती मध्ये १० हजार भन्दा बढीलाई देश निकाला गरिसकेको र बाँकीलाई पनि देश निकाला गर्ने तयारी रहेको साउदीको गृह मन्त्रालयको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्