Skip to content
LAXMI SUNRISE BANK

बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा नबिलको, ईपीएस ११ रुपैयाँले बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब बढी

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४६.७१ प्रतिशतले बढेको छ । बैंकले कुल ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ६.६१ प्रतिशतले बढेको छ । तर, यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ । यही कारण बैंकको नाफा बढेको हो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पुष मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि २६.९५ प्रतिशतले बढेको छ । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ११ रुपैयाँ ६ पैसाले बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK