काठमाडौँ । गुल्मीमा हराएको पैसा भेटाएर फिर्ता गर्नेलाई सम्मान गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–१ हुलाक चोकमा भेटिएको ४९ हजार ५ सय रुपैयाँ फिर्ता गर्ने कुलप्रसाद मरासिनीलाई सम्मान गरिएको हो ।
मरासिनिले सौ पैसा भेटाएर जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएका थिए । प्रहरीले सोधपुछपछि सो रकम गुल्मीदरबार गाउँपालिका–१ का चुराबहादुर थापाको भएको पत्ता लगाएको थियो ।
प्रहरीका अनुसार चुराबहादुरले सो रकम एसबिआई बैंकबाट झिकेका थिए । केही रकम खर्च गरेपछि बाँकी रहेको रकम गोजीमा राख्ने क्रममा झरेको प्रहरीले पुष्टि गरेको छ । सो रकम चुराबहादुरकै भएको बैंक स्टेटमेन्टका आधारमा पुष्टि भएको पनि प्रहरीले जनाएको छ ।
फेला परेको रकमका धनी पत्ता लागेपछि उनलाई प्रहरी कार्यालय बोलाएर पैसा फिर्ता गरिएको प्रहरीले जनाएको छ । सँगै रकम भेटाउने कुलप्रसादलाई पनि करुवा दिएर सम्मान गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्