काठमाडौँ । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा १८३.०४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड १० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १७.१६ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो ।
बैंकको कुल सञ्चालन आम्दानी १.५९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ५२ करोड ७४ लाखबाट घटेर ४७ करोड ९९ लाख रुपैयाँ झरेको छ । इम्पेयरमेन्ट चार्ज ह्वात्तै घटेपछि बैंकको नाफा बढेको हो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ ।
नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.५७ गुणा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्