काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ लाख भन्दा बढीको भुक्तानी चेकमार्फत गर्न लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्तहरुलाई यस्तो निर्देशन दिएको हो ।
निर्देशन संशोधनमार्फत नगद कारोबारको सीमा घटाइएको र संशोधित निर्देशन माग १ गतदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।
यसो त यसअघि लघुवित्त वित्तीय संस्थाहरुमा नगद कारोबारको सीमा १० लाख तोकिएको थियो । तर, हाल उक्त सीमा घटाएर ५ लाखमा झारिएको छ । योसँगै लघुवित्तहरुले ५ लाख वा सो भन्दा बढीको भुक्तानी गर्दा अनिर्वाय रुपमा अकाउन्टपेयी चेकमार्फत मात्र गर्नुपर्ने भएको छ ।
‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४’ को उद्देश्यलाई सघाउन र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्थाले लघुवित्त वित्तीय संस्थाहरुमा वित्तीय पारदर्शिता कायम हुनुका साथै कारोबार सुरक्षित र भरपर्दो हुनेमा विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्