Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक लुट प्रकरणः थप ३ झोला पैसा भेटियो !

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंकबाट लुटिएको थप तीन झोला पैसा भेटिएको छ । मंगलबार बेलुकी बैंकको सिन्धुलीस्थित घ्याङलेख गाउँपालिकामा रहेको शाखाबाट लुटिएको रकममध्ये थप ३ झोला रकम भेटिएको हो ।

हाल फेला परेका झोला लुटेराहरुले भाग्ने बेलामा बोकेको झोला भएको प्रहरीले पुष्टि गरेको छ ।

तीनवटा झोलामा कति रकम छ भन्ने यकिन भने भएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बैंक लुट प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK