Skip to content
LAXMI SUNRISE BANK

सोमबार ३.०७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १६ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार एसवाई प्यानलसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK