काठमाडौँ । बेलाबेलामा समस्या देखिइरहने नेपाल टेलिकमको नेटवर्कमा फेरि समस्या देखिएको छ । आइतबार बिहानैदेखि नेपाल टेलिकमको भ्वाइस कलमा समस्या देखिएको हो ।
नेपाल टेलिकमबाट फोन गर्दा केही सेकेन्डमै फोन काटिने समस्या देखिएको छ ।
टेलिकमको भ्वाइस ओभर एलटीई (भोल्टे) सेवामा समस्या देखिँदा फोन गरेको केही सेकेन्डमै आफैँ फोन काटिने समस्या आएको टेलिकमका एक अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार फोरजी नेटवर्कमार्फत गरिने भ्वाइस कलमा यस्तो समस्या देखिएको छ ।
फोन गरेको केही सेकेन्डमै फोन आफैँ काटिने समस्या देखिएपछि प्रयोगकर्ता मर्कामा परेका छन् । समस्या पहिचान र समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको टेलिकमले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्