Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले घट्यो नेप्से, ५ अर्ब १७ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १३. ३५ अंकले घटेर २६३५.९४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, एसवाई प्यानलका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK