Skip to content
LAXMI SUNRISE BANK

आइतबार १०.२९ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब १ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ३० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK