काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, रू रू जलविद्युत् परियोजना लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्