Skip to content
LAXMI SUNRISE BANK

अघिल्लो पटक उम्मेदवारी नै खारेज भएका निकोलस यसपाली रुपन्देहीबाट चुनाव लड्दै, विष्णु पौडेलसँग आमनेसामने !

अर्थ सरोकार

काठमाडौँ । डा. निकोलस भुसाल रुपन्देहीबाट चुनाव लड्ने भएका छन् । उनले रुपन्देही-२ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी फागुन २१ गतेको निर्वाचनमा जुत्ता चुनाव चिन्ह लिएर चुनाव लड्दैछन् । राजनीतिक दलहरुले युवाका समस्या समाधान नगर्ने भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएका भुसालले बताएका छन् ।

उम्मेदवारी दर्ता गर्दै भुसालले प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउनुपर्नेजस्ता माग राखेका छन् । 

आफूलाई धेरै राजनीतिक दलहरुले उम्मेदवार बन्न आग्रह गरे पनि राजनीतिक दलको घेराभित्र भन्दा स्वतन्त्र भएर जनताको एजेन्डा बोक्न सकिने भन्दै स्वतन्त्र उम्मेदवारी दिएको भुसालले बताएका छन् । भुसालले यसअघिको निर्वाचनमा पनि उम्मेदवारी दिएको थियो । तर, योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

यता रुपन्देही–२ बाट एमालेका विष्णु पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीमा पौडेलको प्रभाव राम्रै देखिन्छ । यही कारण पनि फागुन २१ गतेको निर्वाचनमा भुसाल र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK