Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको ३०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौँ । एनएमबि बैंकको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको हो ।

सो अवसरमा सहभागी सेयरधनीहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK