काठमाडौँ । एनएमबि बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको तुलनामा केहि घटेको पाइएको हो ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा नाफा घटेको हो । ६ महिनामा एनएमबि बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
यता, बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी १२.१८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.२९ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख रूपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसा कायम भएको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्