Skip to content
LAXMI SUNRISE BANK

झापा-५ मा ओली र गोरखा-२ मा चक्रे मिलनको उम्मेदवारी दर्ता

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन आयोगको कार्यालयमा पुगेर ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीसँगै झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि उम्मेदवारी दर्ता गराएका छन् ।

ओली र बालेन दुवैले झापा-५ मा उम्मेदवारी दर्ता गरेसँगै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुवैबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यता एमालेबाट गोरखा-२ मा मिलन गुरुङ (चक्रे मिलन)ले उम्मेदवारी दिएका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाच अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK