Skip to content
LAXMI SUNRISE BANK

रवि, बालेन र कुलमान लक्षित ओलीको टिप्पणी- ‘२० वर्षसम्म पनि चुनाव जित्दैनन्’

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङले अर्को २० वर्षसम्म चुनाव नजित्ने दाबी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । 

उनले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि पनि दाबी गरेका छन् । 

एमाले-काँग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले काठमाडौँका मेयर बालेनलाई लक्षित गर्दै कामै नगरेको मान्छेलाई काम गरेको भन्ने पक्षमा कोही नभएको पनि बताएका छन् । 

त्यस्तै, उनले न्यायालयमाथि धम्की आउन थालेको भन्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् । हाल सरकारको ध्यान निर्वाचन गराउने भन्दा पनि अन्यत्र भएको ओलीले आरोप लगाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK