Skip to content
LAXMI SUNRISE BANK

जापान जाँदै राष्ट्रपति रामचन्द्र पौडेल

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापान जाने भएका छन् । पौडेल आगामी माघ १८ गते जापान भ्रमणमा जाने भएका हुन् ।

पौडेलको जापान भ्रमण बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । पौडेल १८ गते प्रतिनिधिमण्डलको टोलीसहित जापान जानेछन् । 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन पौडेल जापान जान लागेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । 

१८ गते जापान गएर राष्ट्रपति पौडेल २१ गते स्वदेश फर्किनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK