काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरुलाई राजनीतिमा लाग्ने भए मन्त्री पद छोड्न निर्देशन दिएकी छिन् । सोमबार मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री कार्कीले राजनीतिमा लाग्ने भए तत्काल मन्त्री पद छोड्न मन्त्रीहरुलाई निर्देशन दिएकी हुन् ।
अहिले बनेको सरकार फरक परिस्थितिमा बनेको र अब अर्को चरणमा प्रवेश गर्दैगर्दा केही मन्त्रीहरु राजनीतिमा लाग्न चाहेको र दलमा नै आबद्ध भएकाले समयमै बाटो ‘क्लियर’ गर्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएको एक मन्त्रीले बताएका छन् ।
ती मन्त्रीका अनुसार बैठकमा हालसम्म सरकारले गरेका कामका विषयमा पनि करा उठेको थियो । सोही बेला अहिलेसम्म सरकारमा रहेका मन्त्रीहरुले राम्रो योगदान गरेको भन्दै प्रधानमन्त्री कार्कीले कामको तारिफसमेत गरेकी थिइन् ।
तर, केही मन्त्री राजनीतिमा लागेको र चुनाव लड्ने चाहना देखिएकोले चुनाव लड्न चाहने मन्त्रीहरुले तत्काल मन्त्री पद छोडेर राजनीतिमा लाग्न प्रधानमन्त्रीबाट निर्देशन आएको एक मन्त्रीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्