Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको निर्देशन- ‘राजनीतिमा लाग्नेले मन्त्री पद छोड्नुस्’

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरुलाई राजनीतिमा लाग्ने भए मन्त्री पद छोड्न निर्देशन दिएकी छिन् । सोमबार मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री कार्कीले राजनीतिमा लाग्ने भए तत्काल मन्त्री पद छोड्न मन्त्रीहरुलाई निर्देशन दिएकी हुन् ।

अहिले बनेको सरकार फरक परिस्थितिमा बनेको र अब अर्को चरणमा प्रवेश गर्दैगर्दा केही मन्त्रीहरु राजनीतिमा लाग्न चाहेको र दलमा नै आबद्ध भएकाले समयमै बाटो ‘क्लियर’ गर्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएको एक मन्त्रीले बताएका छन् ।

ती मन्त्रीका अनुसार बैठकमा हालसम्म सरकारले गरेका कामका विषयमा पनि करा उठेको थियो । सोही बेला अहिलेसम्म सरकारमा रहेका मन्त्रीहरुले राम्रो योगदान गरेको भन्दै प्रधानमन्त्री कार्कीले कामको तारिफसमेत गरेकी थिइन् । 

तर, केही मन्त्री राजनीतिमा लागेको र चुनाव लड्ने चाहना देखिएकोले चुनाव लड्न चाहने मन्त्रीहरुले तत्काल मन्त्री पद छोडेर राजनीतिमा लाग्न प्रधानमन्त्रीबाट निर्देशन आएको एक मन्त्रीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK