काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले पुष ७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरेको हो ।
कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको आइपिओमा ५ लाख ३२ हजार ८ सय ८८ जना लगानीकर्ताले २ करोड ७२ लाख १५ हजार १ सय कित्ताका लागि आवेदन दिएका थिए ।
आइपिओमा परेका आवेदनमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृति भएका छन् भने बाँकी १३ हजार ८ सय ४२ आवेदन रद्द भएका छन् । कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आइपिओ बाँडफाँड गरिएको छ ।
कम्पनीको आइपिओमा आवेदन दिएका १८ हजार ४ सय ९५ आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै, १८ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्