काठमाडौँ । व्यास नगरपालिका-१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाएका छन् । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उनले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आएका छन् ।
कुखुराको अण्डा बिक्री गरेर मासिक रु एक लाख आम्दानी लिँदै आएको उनले बताए । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेतले पाँच वर्षअघि यो व्यवसाय सुरु गरेका थिए । विदेशमा पाएको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाइ गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्न सफल भएका छन् ।
उनले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार लेयर्स कुखुरा छन् । सुरुमा रु ३० लाख लगानीमा छ रोपनीमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गरेका बस्नेतले राम्रो आम्दानी गर्दै आएका छन् ।
दैनिक एक हजार ८०० अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा पाँच लाख बढीको कारोबार हुने गरेको छ । दाना, औषधि तथा श्रम खर्च कटाएर एक लाखभन्दा आम्दानी हात पर्न थालेको बस्नेतले बताए । उनले भने, ‘दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारको साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।’
कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान ५०० मा बिक्री हुँदै आएका छन् । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्नेमा बस्नेतको जोड छ । ‘पूर्वाधारमा मात्र अनुदान दिएर काम हुँदैन । दानामा सहयोग भयो भने किसान टिकाउ हुन्छन्, राज्यको लगानी पनि सुरक्षित हुने’, उनले भने ।
श्रीमती मधुमाया बस्नेतको निरन्तर साथमा फार्म चलाएका अर्जुनले भने, ‘कुखुराको मल प्रयोग गरेदेखि तोरी पनि राम्रो फलेको छ कि तेल किन्नु परेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन ।’ व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार गरी ७५ हजार सहयोग गरेको व्यास-१ का वडासदस्य मणिजंग बस्नेतले बताए ।
चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बन्ने गरेको छ । विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै गाउँमै बसेर स्थिर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको कार्कीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्