काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ताप्लेजुङमा डा. विरेन्द्र श्रेष्ठ उम्मेदवार छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनले उम्मेदवारी दिएका हुन् ।
पञ्चमी बजार पुर्ख्यौली घर भएका श्रेष्ठले उम्मेदवारी घोषणासँगै चुनावी प्रचारलाई पनि तिव्रता दिएका छन् ।
गायक तथा इन्जिनियरका नामले स्थापित श्रेष्ठ जलविद्युत क्षेत्रमा पनि राम्रो दख्खल भएका व्यक्ति हुन् । उनले विभिन्न जलविद्युत परियोजनामा परियोजना व्यवस्थापक भएर जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । उनी नेपाली काँग्रेसको प्रतिनिधि त्याग गरेर रास्वपाको सक्रिय राजनीतिमा लागेका हुन् ।
अहिले चुनावी प्रचारमा सक्रिय श्रेष्ठले समाजको नयाँ भविष्य कोर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘इन्जिनियरको कलमले नक्सा मात्र कोर्दैन, समाजको नयाँ भविष्य पनि कोर्छ ।’, उनले भनेका छन्, ‘घण्टीमा भोट हालेर परिवर्तनको नयाँ खाका निर्माणमा सहयोग गर्नुहोला ।’
इलेक्ट्रोनिक इन्जिनियर श्रेष्ठले ताप्लेजुङमै बसेर फावाखोलाबाट ५ मेगावाट विद्युत उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने माथिल्लो फावाखोला जलविद्युत आयोजनाबाट ६ मेगावाट विद्युत समेत उनकै नेतृत्वमा उत्पादन भएको थियो ।
ताप्लेजुङमा नेपाली कांग्रेसबाट गजेन्द्र तुम्यहाङ, नेकपा एमालेबाट क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट खेलप्रदा बुडाक्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनबाट सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चबाट मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट इन्द्र थापा, जनता समाजवादी पार्टी (जसपा) बाट अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीबाट इन्द्र थलङले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट सुन्तोष राई, उज्यालो नेपालबाट कृतिमान मादेन, जसपा नेपालबाट सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट नरपती पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्