Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंक र एनसीएचएलबीच नेशनल कार्ड स्विच अन्तर्गत नेपाल पे कार्ड नेटवर्कका लागि सम्झौता

अर्थ सरोकार

काठमाडौँ । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस- नेशनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम- नेपाल पे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रानुसार एनपीएस- नेशनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो ।

सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK