काठमाडौँ । नेपाल एसबिआई बैंकको शाखा लुटेर भागेका र पछि पक्राउ परेकामध्ये दुईजना नुवाकोटका, एकजना चितवन र एकजना मकवानपुरका भएको खुलासा भएको छ । उनीहरु रङ लगाउने काम गर्ने मजदुर भएको पनि खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले केटी भगाउने भन्दै गाडी बुक गरेका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार विभिन्न ठाउँबाट काठमाडौँमा भेट भएका उनीहरुले केहि समय अघि बैंक लुट्ने योजना बनाएका थिए । तर उनीहरुले सिन्धुली नै किन रोजे भन्ने विषयबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बैंक लुटेर जंगल पसेका उनीहरुलाई प्रहरीले खोजिरहेको थियो । तर, भोक लागेपछि चाउचाउ र रेड बुल किन्न जंगलबाहिर निस्केका उनीहरुलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्