काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विकास बैंकहरुको वित्तीय अवस्था सुध्रिँदो देखिएको छ । विकास बैंकहरुले प्रकाशित गरेको पुष मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १५ विकास बैंकहरुले ३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा ३४.७७ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा विकास बैंकहरुले २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
समीक्षा अवधिमा विकास बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मुक्तिनाथ विकास बैंकले यस अवधिमा सर्वाधिक ६७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
मुक्तिनाथपछि गरिमा विकास बैंकले ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० करोड ४२ लाख, कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख रुपैयाँ, ज्योति विकास बैंकले ३० करोड ५९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ३० करोड २५ लाख, लुम्बिनी विकास बैंकले २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अन्य एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफा १० करोड भन्दा कम छ ।
यता समीक्षा अवधिमा सबैभन्दा धेरै नोक्सानमा नारायणी डेभलपमेन्ट बैंक छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म नारायणी डेभलपमेन्ट बैंक ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा छ । त्यस्तै, सिन्धु विकास बैंक पनि १ करोड ५४ लाख रुपैयाँ नोक्सानीमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्