काठमाडौँ । गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको छ । बैंकको स्याङ्जाको विरुवा गाउँपालिका–१ स्थित बैंकको शाखाका सुरक्षा गार्ड शेर बहादुर थापामाथि चक्कु प्रहार भएको हो ।
थापामाथि विरुवा गाउँपालिका-१ कै ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।
डिएसपी चौधरीका अनुसार श्रेष्ठले मादक पदार्थ सेवन गरी बैंकका सुरक्षा गार्ड थापामाथि चक्कु प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको सूचनाका आधारमा श्रेष्ठलाई प्रहरी चौकी विरुवाअर्चबाट खटिएको प्रहरी टोलीले विरुवा बजारबाट पक्राउ गरेको डिएसपी चौधरीले जनाएका छन् । पक्राउ परेका श्रेष्ठलाई ज्यान मार्ने उद्योग कसुरमा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्