काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) सर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका कारण एसइई परीक्षा सर्ने भएको हो ।
यसो त राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैतको पहिलो साता गर्ने तालिका सार्वजनिक गरेको थियो । तर, आसन्न निर्वाचनका कारण परीक्षा सर्ने भएको बोर्डका पदाधिकारीले बताएका छन् ।
फागुन २१ गते निर्वाचन हुने भएसँगै निर्वाचनका लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाईको काम जुध्ने भएपछि परीक्षा सर्ने भएको हो । मतपत्र र प्रश्नपत्र छपाईको काम जनक शिक्षा केन्द्रबाटै हुने भएकाले परीक्षा सार्नुपर्ने अवस्था आएको बताइएको छ ।
परीक्षा सर्ने भए पनि कहिलेदेखि हुन्छ ? भन्ने टुंगो लागिसकेको छैन । यद्यपि एसइईको रुटिन माघको पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्