Skip to content
LAXMI SUNRISE BANK

एसइईको परीक्षा सर्यो, चैत १९ गतेदेखि सुरु हुने 

अर्थ सरोकार

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) सरेको छ । फागुन २१ गते हुने निर्वाचनका कारण एसइई परीक्षा सरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अब एसइईको परीक्षा चैत १९ गतेदेखि सुरु हुनेछ । १९ गते सुरु हुने एसइई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । 

यसअघिका वर्ष एसइई परीक्षा चैत पहिलो सातादेखि सुरु हुँदै आएको थियो । तर, निर्वाचनका कारण यसपालीको एसइई परीक्षा सरेको बोर्डले जनाएको छ ।

यसपाली कुल ५ लाख १७ हजार विद्यार्थीले एसइई परीक्षाका लागि फाराम भरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK