काठमाडौँ । गत बुधबार (पुस १६ गते) ९३ हजार नेपाली नक्कली नोटसहित ६ जना पक्राउ परे ।
पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका-२ का ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, मेलम्चीका ३२ वर्षीय प्रकाश गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिका-१० की ४२ वर्षीय रेणुका भारती, बलेफी गाउँपालिका-२ का ६५ वर्षीय गोकर्ण थापा र काठमाडौँको शंखरापुर नगरपालिका-३ का ४३ वर्षीय सुकबहादुर स्याङ्बो छन् ।
यसो त प्रहरीले केही दिनअघि पनि नेपाली नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको थियो । लगत्तै नक्कली नोटको कारोबार गरिरहेका ६ जना पक्राउ परेपछि प्रहरीले ‘सर्च अपरेशन’ नै चलाएको थियो ।
खोज्दै जाँदा अन्ततः प्रहरीले नक्कली नोट बनाउने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । कारखाना नै खोलेर नक्कली नोट छाप्ने बाराको फेटा गाउँपालिका-३ का रविकुमार श्रीवास्ताव र बारा कलैयाका गौरीशंकर यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भारतको मोतिहारी लालटोलबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ । पक्राउ परेका श्रीवास्तवको कोठाबाट नक्कली पाँच सय रुपैयाँ दरका ३ सय १७ थान, नक्कली नोट बनाउन प्रयोग गरिएको २ सय ५५ थान सादा कागज, मोबाइल, भारतीय नम्बर प्लेटको मोटरसाइकल, नोट छाप्न प्रयोग हुने मेसिन र कम्प्युटर बरामद गरिएको प्रहरीले जनाएको छ ।
कसरी खुल्यो पोल ?
नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका नोट बनाउने श्रीवास्ताव र गोकर्ण थापा साथी हुन् । श्रीवास्तव नक्कली नोट डिजाइन गरेर छाप्थे भने सो नोट गोकर्णले काठमाडौँ ल्याउँथे ।
यसरी थापा केही समयअघि श्रीवास्तवले छापेका नक्कली नोट लिएर काठमाडौँ आएका थिए । चिनजान भएकै आधारमा गोकर्णमार्फत सो नोट नोर्वु शेर्पासम्म पुग्यो । शेर्पा सोही नक्कली नोट लिएर पुस दोस्रो साता बौद्धको टुसालस्थित एक ‘ब्रान्डेड’ जुत्ता पसलमा पुगे । १४ हजार ५ सय रुपैयाँ पर्ने महँगो जुत्ता किनेका शेर्पाले नक्कली १५ हजार रुपैयाँ तिरे र त्यहाँबाट हिँडे ।
उक्त नक्कली नोट फोटोकपी गरेको भन्दा निकै गुणस्तरीय भएकाले पसल सञ्चालकले नक्कली र सक्कली छुट्याउन सकेनन् । तर, केही समयपछि अर्को ग्राहकले दिएको नोट शेर्पाले दिएको भन्दा फरक लागेपछि जाँच गर्दा शेर्पाले दिएको नोट नक्कली भएको पसल सञ्चालकले थाहा पाए । लगत्तै उनले प्रहरीलाई खबर गरे । उक्त जुत्ता पसलमै पुगेको प्रहरीले पनि शेर्पाले जुत्ता किनेर दिएको नोट नक्कली नै भएको निष्कर्ष निकाल्यो ।
अन्ततः शेर्पाको हुलिया र विभिन्न क्षेत्रको सिसिटिभी फुटेजका आधारमा प्रहरीले शेर्पालाई पक्राउ गर्यो । शेर्पा पक्राउ परेपछि ‘सर्च अपरेशन’ सुरु गरेको प्रहरी नोट छाप्ने श्रीवास्तावसम्म पुगेको थियो । हाल प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
कसरी चिन्ने सक्कली र नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो । सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ ।
नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्