Skip to content
LAXMI SUNRISE BANK

नयाँ सिइओ खोज्दै सिन्धु विकास बैंक, कसरी दिने आवेदन ?

अर्थ सरोकार

काठमाडौँ । सिन्धु विकास बैंकले नयाँ सिइओ खोजी गरेको छ । एक सूचना जारी गर्दै बैंकले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि दरखास्त आह्वान गरेको हो । 

बैंकले जारी गरेको सूचना अनुसार व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको व्यक्तिले बैंकको सिइओका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन दिने व्यक्ति ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने पनि बैंकको सूचनामा उल्लेख छ ।

त्यस्तै, सिइओका लागि आवेदन दिने व्यक्ति बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष काम गरेको हुनुपर्नेछ ।

सिइओ छनोट अन्तर्वार्ता र व्यवसायिक प्रस्तावको प्रस्तुतीकरणबाट हुने बैंकले जनाएको छ । सिन्धु विकास बैंकको सिइओ बन्न चाहने इच्छुक तथा योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । आवेदन बैंकको इमेलमार्फत दिन सकिनेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK