काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको पुस २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १ करोड कित्ता स्थानीयका लागि निष्कासन गरेको सेयरको प्रि–अलटमेन्ट गरिसकेको छ । कम्पनीले १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ ।
त्यस्तै, कम्पनीले ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।
पुस २९ गतेदेखि जारी हुने उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा माघ ४ गते र ढिलोमा १४ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट आइआरएन डबल बी इस्यूअर रेटिङ्ग पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आइपिओ सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, मेरो सेयर अनलाइन प्रयोग गरेर पनि आइपिओमा आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्