Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा हरियाली, सबै सूचक बढे

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १३ अर्ब ७८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । आइतबार एसवाई प्यानलसहित ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, १०.५०% एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK