काठमाडौँ । सुपर खुदी हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमा आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता छुट्याइएको छ । त्यस्तै, वैदेशिक रोजगारमा रहेकालाई १ लाख ५५ हजार कित्ता सेयर छुट्याइएको छ ।
आयोजना प्रभावितको सेयर लमजुङको मर्स्याङ्दी गाउँपालिका २, ३ का स्थानीयका लागि ४० प्रतिशत र सोही गाउँपालिकाका वडा नम्बर १,४,५,६,७, ८ र ९ का स्थानीयका लागि ६० प्रतिशत सेयर छुट्याइएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीयबासीले छिटोमा माघ ६ तथा ढिलोमा २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारमा रहेकाहरुले छिटोमा पुस २५ र ढिलोमा माघ ६ गतेसम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्