काठमाडौँ । सुपर मादी हाइड्रोपावरको नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ६९.२५ प्रतिशतले बढेको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा कुल २० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.०२ प्रतिशतले बढेर ६७ करोड २८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा ८.७१ प्रतिशतले बढेको छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको अन्य सञ्चालन खर्च २६.१० प्रतिशत र वित्तीय खर्च १४.८३ प्रतिशतले घटेको छ ।
नाफासँगै समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको ईपीएस ७ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ६८ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.८४ गुणा छ ।
२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्