काठमाडौँ । पाल्पा-२ बाट ठाकुर गैरे नै चुनाव लड्ने भएका छन् । नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि पाल्पा-२ मा गैरेलाई नै टिकट दिने निर्णय गरेको हो ।
यसअघि एमालेले पाल्पा-२ बाट विष्णु पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, चौतर्फी विरोधपछि एमालेले पाल्पा-२ मा गैरेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीले बताएका छन् ।
गैरेको टिकट लिएर प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पा जाँदैछन् । गैरेले आजै निर्वाचन आयोगमा मनोनयन दर्ता गराउनेछन् ।
गैरे यसअघिको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित भएका थिए । पार्टीले पाल्पा-२ मा कार्यकर्ता र जनताको चाहनालाई सम्बोधन गर्दै गैरेलाई टिकट दिने निर्णय गरेको भन्दै एमाले पाल्पाका नेताहरुले नेतृत्वलाई धन्यवाद दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्