Skip to content
LAXMI SUNRISE BANK

केपी ओलीलाई बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी !

अर्थ सरोकार

काठमाडौँ । जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । 

ओलीलाई बयानका लागि बोलाउने तयारी भइरहेको भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका बेला भएको घटनाको छानविन गर्न बनेको जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीले बताएका छन् ।

जेन-जी आन्दोलन हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओलीलाई बयानका लागि बोलाउन आयोगले पत्र काट्ने तयारी गरेको कार्कीले बताएका छन् । 

यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो । यद्यपि लेखकको बयान चित्त नबुझेको भन्दै लेखकलाई फेरि बयानका लागि बोलाउने आयोगले तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK