Skip to content
LAXMI SUNRISE BANK

‘देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ’

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशलाई लोकप्रिय नारा नभएर इमानदार नेतृत्व चाहिएको बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गर्दै उनले यस्तो बताएका हुन् । 

‘भूकम्प सुरक्षा दिवस’को अवसर पारेर मेयर शाहले पोष्ट गरेको उक्त पोष्टमा उनले २०७२ सालको भूकम्पजस्तो दिन कहिल्यै नआओस् भन्ने कामना समेत गरेका छन् ।

आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको भन्दै उनले अब महानगरमा सुरु भएका यी सुधार र उक्त अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको पनि बताएका छन् । 

‘संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र होइन, हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो । यसको लागि आशाको सञ्चार मात्र नभई कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ ।’, उनले लेखेका छन्, ‘हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो ।

त्यस्तै, मेयर शाहले देशलाई अल्पकालीन निर्णय नभएर दीर्घकालीन दृष्टिकोण र लोकप्रिय नारा नभएर इमानदार नेतृत्व चाहिएको बताएका छन् । आफूहरु राजनीतिमा आउनुको मुख्य कारण नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउनु भएको बन्दै उनले राष्ट्र निर्माणको यात्रामा अघि बढ्न आह्वान गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK