Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य एकैदिन १० हजार ४ सयले बढ्यो, छिट्टै तीन लाख पुग्ने !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १० हजार ४ सय रुपैयाँले बढेर दुई लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ५९२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५३ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५०७५.५० रुपैयाँ कायम भएको छ ।

यहि रफ्तारले बढे छिट्टै सुनको मूल्य प्रतितोला तीन लाख पुग्ने जानकारहरुले बताएका छन् ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK